Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत भारत निर्यात

    दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत भारत निर्यात

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

    प्राधिकरणले साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपियाँको विद्युत भारतीय बजारमा निर्यात गरेको हो ।



    साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्री दर क्रमशः आठ रुपियाँ १३ पैसा र १२ रुपियाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत बिक्री दर प्रति युनिट १० रुपियाँ ३७ पैसा छ ।



    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

    भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ ।

    यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार