Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । कांग्रेस नेता अर्जुननरसिंह केसीले शिक्षकको आन्दोलनलाई सरकारले सहमति र सम्झौतामार्फत निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले ४ लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताए ।

यस्तै नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तरजातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077