Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मलंगवामा रातिदेखि अनिश्चितकालीन कर्फ्यु, भएको के हो ?

सर्लाही । सर्लाहीको मलंगवा क्षेत्रमा बिहीबार राती १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा अशान्ति मच्चिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

पुरानो मलंवाङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी अर्को आदेश वा व्यवस्था नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो। त्यसक्रममा प्रहरी प्रशासनले सम्झाइबुझाइ गर्दा प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाइ फाइर गरेको थियो। त्यति गर्दा पनि प्रदर्शनकारीहरुले आफ्ना गतिबिधि नरोकेपछि कर्फ्यु आदेश जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077