Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारको ध्यान हिंसा दिवसलाई उत्सव मनाउनमा छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा हिंसा दिवसलाई उत्सवको घोषणा गर्नतिर लागेको बताएका छन् ।

पार्टी कार्यालयमा शुक्रबार नेपालको किसान आन्दोलन विषयक विचार गोष्टीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘सरकारको नेतृत्वको ध्यान हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको घोषणा गर्नतिर छ, बिदा दिने ताकी मान्छे गाउन, नाचुन्, खाउन्, आनन्द लिउन्, रमाउन्। कहिलेभन्दा हिंसा सुरु गरेको दिन। एड्सचाहिँ रोक्नका लागि एड्स दिवस मनाइन्छ। हिंसा चाहिँ रोक्नका लागि होइन, फैलाउनका लागि, गौरव गाथा दिवस।हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने हो र ? पीडितमाथि नुनचुक थपेर, घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? सरकारको ध्यान कता छ, हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ! थिएन नी।’

अध्यक्ष ओलीले सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको आरोप लगाए।

सरकार नेतृत्वको ध्यान हिंसा सुरु गरेको दिन फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवको घोषणा गर्नतिर भएको भन्दै ओलीले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077