Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधि पाँच दिन थप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ ।

खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यसअघि हिजोसम्म समय थप गरिए पनि यस अवधिमा शनिवार, शोक बिदा, तीज, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावकारी हुन सकेको छैन ।

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो । यो उमेरसमूहका किशोरीको सङ्ख्या साढे तीन लाख रहेको छ ।

सरकारले गएको भदौ २७ गतेदेखि थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपीभी खोप अभियान शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077