Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • माइतीघरमा राहत शिक्षकहरुकाे आन्दोलन जारी

    माइतीघरमा राहत शिक्षकहरुकाे आन्दोलन जारी

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।

    गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहतका शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।



    सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा आफनो माग समाधान नगरेको भन्दै राहतका शिक्षकहरुले आन्दोलन यथावत राखेका छन् ।



    उनीहरुले माइतीघरबाट आन्दोलन जारी राखेका छन् । बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए ।

    शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरुको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार