Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारसँगको सहमतिपछि पनि राहत शिक्षकहरू आन्दोलनमा

    सरकारसँगको सहमतिपछि पनि राहत शिक्षकहरू आन्दोलनमा

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलन चर्काएका छन् ।

    प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्नेलगायत माग राख्दै राहत शिक्षकहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।



    सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै शिक्षकले आन्दोलन फिर्ता गरेर आजदेखि पठन पाठन सुचारु गर्ने सहमति भएको थियो ।



    तर, राहत र पेन्सन सुविधाबाट वञ्चित शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । महासंघले गरेको सहमतिलाई धोखा भन्दै राहत शिक्षक संघर्ष समितिले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेको थियो ।

    शिक्षक आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रको सडकमा बुधबारदेखि सवारी आवागमन प्रभावित बनेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन सहमतिमा टुंगिएर शिक्षकहरू विद्यालय फर्किएका छन्।

    देशभरका विद्यालयमा आज नियमित पठन-पाठन भइरहेको छ। राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार