Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकृष्ण खाँणलाई भेट्न केन्द्रीय कारागार पुगे शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणलाई भेटेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला आज बिहान ९ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य समेत हरेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।

स्रोतका अनुसार कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेका थिए । भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको थियो।

खाणसँगै, टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पनि केन्द्रीय कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077