Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहस चलाउनुपर्छ : योगेश भट्टराई

    गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहस चलाउनुपर्छ : योगेश भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहस चलाउनुपर्ने बताएका छन् ।

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।



    उनले गुणस्तरीय शिक्षाका लागि राज्य, अभिभावक, विद्यार्थी र शिक्षकलगायतका सरोकारवाला पक्षबीच छलफल गरी नीति तय गर्नुपर्ने बताए ।



    राज्यले शिक्षामा लगानी क्रमशः घटाइरहेकाले पनि गुणस्तरमा ह्रास आएको सचिव भट्टराईको भनाइ छ । उनले शिक्षामा कति लगानी गर्ने र कस्तो गुणस्तरीय शिक्षा खोज्ने भन्ने विषयमा राष्ट्रिय बहसको आवश्यकता भएको बताए ।

    सचिव भट्टराईले भने,’हाम्रो बजेटमा शिक्षामा लगानी गर्ने कुरा वार्षिक रुपमा घटदै गएको छ । जब हामी लगानी गर्दैनौं भने प्रतिफल कहाँबाट आउँछ ? प्रतिफल खोजिराखेका छौं तर लगानी जति गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौं । जब लगानी गर्दैनौं भने त्यो अनुसार प्रतिफल आउँदैन ।’

    मुलुकमा पछिल्लो समय सर्वशुलभ र सर्वव्यापी शिक्षाको बहस हुँदै आएको तथा संविधानमा पनि उक्त व्यवस्था गरिएको भट्टराईले स्मरण गरे ।

    उनले अब सर्वशुलभ र सर्वव्यापी शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने उनले जोड दिए । त्यसका लागि अभिभावकलाई पनि आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सहभागी गराउनुपर्ने धारणा उनको धारणा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार