Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको व्यंग्य - केरुङबाट आउने ट्रकहरुमा सुन बोकिन्छ, स्वर्ण युग आयो भन्दैछ सरकार !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्रेक सु, भेप, सिग्रेटमा सुन आउन थालेपछि सरकारलाई स्वर्ण युग नै आएको भन्दै व्यङ्ग्य गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकार नै सुन तस्करीमा संलग्न रहेको आरोप लगाए ।

अध्यक्ष ओलीले पहिले नेपालबाट चीनमा रक्तचन्दन तस्करी हुन गरेको तर हाल आएर चीनबाट नेपालमा सुन तस्करी भइरहेको बताए ।

अध्यक्ष ओलीले भने, 'सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । सुन त यहाँ ब्रेक सूमा सुनैसुन । भेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन । स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरि स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार। केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिले-पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ ।'

स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको आरोप थियो । सुन तस्करी प्रकरण चलाउनेहरू स्वर्ण युग आयो भनेर भनिरहेको ओलीले व्यङ्ग्य गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077