Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बोल्न नसक्ने बालिकामाथि जबरजस्ती करणी गर्ने एक जना पक्राउ

बारा । बोल्न नसक्ने ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका– १२ का ६० वर्षीय राना साइला भनिने सोमबहादुर लुम्बा रहेका छन्।

शुक्रबार दिउँसो बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने परिवारको उजुरीका आधारमा उनलाई खोज तलास गर्ने क्रममा शुक्रबार राति ११ बजेतिर पक्राउ गरिएको हो।

पीडित बालिकालाई उपचारका लागि कलैया प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077