Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्दैछन् । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आज त्यसतर्फ जान लागेका हुन् ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको निरन्तरता भएको बताएका छन् ।



    भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ ।



    पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो(प्यासिफिक’ भनिएको छ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

    उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार