Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सतुंगलको चप्पल कारखानामा आगलागी, झण्डै एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

    सतुंगलको चप्पल कारखानामा आगलागी, झण्डै एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा झण्डै एक करोडको क्षति भएको छ ।

    गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेको मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको हो ।



    आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।



    यस्तै, गए राति नै काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार