Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउवालाई प्रदीप पौडेलले भने – गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन

    देउवालाई प्रदीप पौडेलले भने – गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 801
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताएका छन् ।

    सानेपामा आइतबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न आग्रह गर्नुपर्ने बताए।



    सभापति देउवालाई आग्रह गर्दै पौडेलले भने,‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय गर्‍यो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन । सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो-यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो। गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन।सरकारमा बस्नु मात्र उपलब्धि होइन।’



    कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो। नेता पौडेलले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताए।

    उनले बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार