Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले सोध्यो स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डादामोदर बसौलालाई स्पष्टीकरण सोधेको छ ।

बसौलालाई पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको हो ।

कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप मन्त्रालयको छ।

नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार संरक्षण गर्न स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकोले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने? भन्दै मन्त्रालयले नहटाउनु पर्ने कुनै कारण भए सोही ऐनको दफा २५ को उपदफा (३) बमोजिम तीन दिन भित्र सफाइ पेस गर्न डा बसौलालाई निर्देशन दिएको छ।

स्वास्थ्य बीमामा आवद्ध हुने बिमितको उपचार वापतको रकम समयमै समानुपातिक रुपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनु पर्नेमा बसौला स्वयंको मिलेमतोमा सीमित अस्पताल र कलेजहरुलाई मात्र दोहोर्‍याएर दिने तर केही अस्पतालहरुको वर्षौंदेखिको सोधभर्ना भुक्तानी नगरेको भनी सञ्चार माध्यम तथा अस्पतालहरुबाट बारम्बार गुनासो आए पनि सम्बोधन नगरेर कार्यकारी निर्देशक गैरजिम्मेवार भएको मन्त्रालयको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077