Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदेश संरचनामाथि प्रहार भइरहेको छ, संघीयताबारे कांग्रेस प्रष्ट हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताका विषयमा कांग्रेस प्रष्ट हुनुपर्ने बताएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै पाण्डेले संघीयताबारे पार्टी प्रष्ट हुनुपर्ने बताएका हुन् । उनले केन्द्र र स्थानीय सरकार पहिले पनि रहेको तर प्रदेश नयाँ भएकोले प्रहार प्रदेश सरकारमाथि हुने गरेको बताए।

मुख्यमन्त्री पाण्डेले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भनेर प्रश्न गरे ।

मुख्यमन्त्री पाण्डेले भने,‘संघीयताका विषयमा प्रश्न उठिरहेका छन् । अब कांग्रेस यो बारेमा प्रष्ट हुनुपर्छ भन्ने मलाइ लाग्छ । संघीयता हामीले संविधानमा लेखेका कारण आत्समात गरेका हौं वा हाम्रो यो चाहना पनि हो । यसलाई लागू गर्ने हाम्रो दृढ इच्छाशक्ति छ कि छैन ?’

संघीय, प्रदेश र स्थानीय गरी तीन तहको संरचना रहेकामा अहिले पहिलो प्रहार प्रदेश संरचनामाथि भइरहेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।

संविधानमा कल्पना गरेअनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

कांग्रेसले प्रदेश संरचना बलियो बनाउन संविधानमा लेखिए अनुसार कानुन निर्माण र संशोधन यथाशीघ्र गर्न पहल गर्ने निर्णय गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077