Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘इन्डो–प्यासिफिक’ सम्मेलनका लागि प्रधानसेनापति शर्मा भारत प्रस्थान

    ‘इन्डो–प्यासिफिक’ सम्मेलनका लागि प्रधानसेनापति शर्मा भारत प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् ।

    नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं ‘इन्डो-प्यासिफिक’ आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्।



    प्रधानसेनापित शर्मालाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए। बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो।



    प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

    भारत प्रस्थान गर्नु पूर्व आइतबार नै प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

    भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार