Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

साताको पहिलो दिन १९ अंक घट्यो सेयर परिसूचक नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १९,४२ अंकले घटेको छ ।

बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको हो । गत बिहीबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ ।

लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहिबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ ।

आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ । सन् नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७४ लाख र शिवम् सिमेन्टको ९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077