Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - शिक्षा विधेयक सच्याउनुपर्छ, कांग्रेसले सच्याउन भूमिका खेल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् ।

पार्टीनिकट नेपाल मुस्लिम संघले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।

उनले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताए । उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएको नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यस्तै उनले निर्वाचन कानूनसम्बन्धी विधेयक पनि केही दिनभित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यकताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077