Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्षाले धनगढी जलमग्न, सडकमै बग्छन् खोला

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ । गएराति देखिको लगातारको वर्षाका कारण धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका हुन् ।

धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, बिशालनगरलगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको छ ।

पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ । यस पटक पनि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले डुवानको समस्या हटाउन प्रयास गरे पनि सफल हुन सकेन ।

धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077