Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 969
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन् ।

    रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।



    मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन् ।



    उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ । जीप दुर्घटनाको कारण खुल्न बाँकी छ । जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार