Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • कोशी प्रदेशमा आज सुरक्षा बैठक बस्दै

    कोशी प्रदेशमा आज सुरक्षा बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.1K
    SHARES

    विराटनगर। कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ ।

    बैठकमा कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने योजना छ ।



    विराटनगरको बिग होटेलमा आयोजना गरिएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् ।

    पछिल्लो समयमा कोशी प्रदेशमा देखिएका सामाजिक सद्भाव विपरीतका क्रियाकलाप, पहिचान आदि नाममा भइरहेको आन्दोलन र अन्य राजनीतिक गतिविधिले सुरक्षा चुनौती थपेको छ । बैठकमा ती सबै विषयमा छलफल हुने बताइएको छ ।

    बैठकमा नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसमेतले ब्रिफिङ लिने कार्यक्रम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार