Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता केसीले भने - भ्रष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका मुद्दाहरूलाई कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले मुख्य दोषीलाई उम्काउन भष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याएको आरोप लगाएका हुन्।

नेता केसीले भ्रष्टाचारका मुख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको बताए।

नेता केसीले भने,'महाभ्रष्टाचारका मुद्दाहरूमा सिथिलता आउन थालेको, मुद्दा कमजोर बनाएर अदालत पुर्‍याएको,अपराधीहरूलाई माफी दिने लर्को चलेको,भ्रष्टाचारका मुख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको छ । सत्यतथ्य के हो, सबैले सुसूचित हुन पाउनुपर्छ ।'

नेता केसीले भ्रष्टाचार छानविनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र काठमाडौं जिल्ला अदालतका एकजना न्याायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएको भन्दै आक्रोश पोखे।

अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता र साख गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077