Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • कांग्रेस नेता केसीले भने – भ्रष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको छ

    कांग्रेस नेता केसीले भने – भ्रष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको छ

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका मुद्दाहरूलाई कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको बताएका छन् ।

    पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले मुख्य दोषीलाई उम्काउन भष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याएको आरोप लगाएका हुन्।



    नेता केसीले भ्रष्टाचारका मुख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको बताए।

    नेता केसीले भने,’महाभ्रष्टाचारका मुद्दाहरूमा सिथिलता आउन थालेको, मुद्दा कमजोर बनाएर अदालत पुर्‍याएको,अपराधीहरूलाई माफी दिने लर्को चलेको,भ्रष्टाचारका मुख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको छ । सत्यतथ्य के हो, सबैले सुसूचित हुन पाउनुपर्छ ।’

    नेता केसीले भ्रष्टाचार छानविनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र काठमाडौं जिल्ला अदालतका एकजना न्याायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएको भन्दै आक्रोश पोखे।

    अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता र साख गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार