Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् ।

सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले संघ, प्रदेश र पालिकाहरू सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौती रहेको बताए ।

उनले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताए । उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरूसँग आफूले आग्रह गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077