Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धारिलो हतियार प्रयोग गरी दसगजामा सशस्त्रका पूर्व जवानको हत्या

    धारिलो हतियार प्रयोग गरी दसगजामा सशस्त्रका पूर्व जवानको हत्या

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 4.5K
    SHARES

    फाइल फोटो

    बारा । नेपाल भारत दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

    बाराको पचरौता नगरपालिका-१ पिपरपाती गाउँ नजिककै दसगजा क्षेत्रमा आइतबार मध्यराति पूर्व जवान अमरेश सिंहको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका १ का सिंहको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।



    उनको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट लागेको प्रहरीले जनाएको छ ।

    हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणामा लिएर सोधपुछ भइरहेको बारा प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार