Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गैरकानुनी सम्पत्ति आर्जन मुद्दा : पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर, ६ महिना कैद

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचारमार्फत अकुत सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठसहित तीनजनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतका अनुसार ९८ लाख २९ हजार ५३७ रुपैया जरिवाना हुने र त्यसअनुरुपको बिगो जफत गर्ने फैसला भएको छ । श्रेष्ठलाई जरिवानासहित ६ महिना कैद हुने फैसला भएको छ ।

अख्तियारले श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा २०७८ फागुन १५ गते मुद्दा दर्ता गरेको थियो । नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077