Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घरको छतबाट खसेर बालकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा सोमबार पोखरामा मृत्यु भएको हो।

उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077