Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महानगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबीलाई लखेट्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष ओलीले फुटपाथ व्यापारलाई व्यवस्थित बताउन सकिने बताएका हुन्।

उनले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले भनेका छन्,‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडून् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन । मुख्य कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहनुभएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो।’

फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश भएको बताउँदै उनले असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औं वर्ष अघिदेखि यस्तो चल्दै आएको बताए।

फुटपाथ व्यापारीलाई काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको, मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलले चुनावी वाचा बिर्सिएको भन्दै अभियन्ता ई: अहिले काठमाडौं महानगरको कार्यालयअघि उभिइरहेका छन्।

ई: लाई भेट्न आज बिहान उपमेयर डंगोल उनी उभिएको ठाउँमा पुगेकी थिइन्। डंगोल गत चुनावमा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन्। उपमेयर डंगोलले भेटेको केही समयपछि ओलीले फेसबुकमा स्टाटस लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077