Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१८ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, २ अर्ब ९ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से १८ अंक बढेको छ ।

१८ अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको हो। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १९० कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ३ को स्थिर रहृयो ।

बैंकिङ २, विकास बैंक १९, फाइनान्स २५, जलविद्युत् ६६, जीवन बीमा १३४, उत्पादन २०, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा ५९ र अन्य उपसमूह १२ अंक बढे ।

होटल तथा पर्यटन उपसमूह भने १० अंक घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सननेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077