Online Nepal
  • शनिबार, १० साउन २०८२
  • गृहमन्त्री श्रेष्ठको निर्देशन – चिकित्सकमाथि आक्रमण र तोडफोडमा संलग्नलाई मुद्दा चलाउनू

    गृहमन्त्री श्रेष्ठको निर्देशन – चिकित्सकमाथि आक्रमण र तोडफोडमा संलग्नलाई मुद्दा चलाउनू

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

    पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन निर्देशन दिइएको हो ।



    चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको बताइएको छ ।

    चिकित्सकमाथि आक्रमण र तोडफोडमा संलग्नहरूमाथि उक्त ऐनको व्यवस्थाअनुसार मुद्दा चलाएर कारबाही गर्न निर्देशन दिने निर्णय गरिएको हो ।

    कुटपिटको आरोपमा बेंसीसहर नगरपालिका–७ का वडा अध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार