Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत, राष्ट्रसंघ र चीनमा चुच्चे नक्साको कुरा नउठाएको भन्दै भीम रावलले गरे प्रधानमन्त्रीको आलोचना

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आलोचना गरेका छन् । भारत, राष्ट्रसंघ र चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्साबारे प्रधानमन्त्री प्रचण्डले कुरा नउठाएको भन्दै नेता रावलले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् ।

हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेका थिए भने गत जेठमा भारतको भ्रमण गरेका थिए । तर प्रधानमन्त्री प्रचण्डले छिमेकी राष्ट्रले संसदबाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सालाई मान्यता नदिएकोबारे कुरा उठाएको नसुनिए भन्दै आलोचना गरे । के यो सार्वभौम अखण्डता प्रति वेवास्ता होइन ? उनले प्रश्न गर्दै भनेका छन् ।

साथै उनले नेपालको नक्सालाई मान्यता नदिएको भनी अरूविरुद्ध जुलुस निकाल्ने माओवादी कार्यकर्ताले आफ्नै प्रधानमन्त्रीले भारत, चीन र संयुक्त राष्ट्रसंघमा पुग्दा पनि यस विषयमा केही नबोल्दाचाहिँ के गर्लान् भनी चुनौती पनि दिए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘संसद्‌बाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी भएको नेपालको नक्साबारे प्रम प्रचण्डले भारत, राष्ट्रसंघ र चीन भ्रमणमा उठाएको सुनिएन । के यो सार्वभौम अखण्डताप्रति बेवास्ता होइन ? नक्सालाई मान्यता नदिएको भनी अरूविरुद्ध जुलुस गर्नेहरू आफ्नै प्रमले नबोलेपछि के गर्दा रहेछन् हेर्नु छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077