Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमण हुनु दुःखद, हाम्रा कानुन, संयन्त्र र प्रक्रियामा खोट छ : गगन थापा

    स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमण हुनु दुःखद, हाम्रा कानुन, संयन्त्र र प्रक्रियामा खोट छ : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमण हुनु दुःखद भएको बताएका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    उनले कहीँ न कहीँ कानुन, संयन्त्र र प्रक्रियामा खोट भएको उल्लेख गरे । ‘यो सामान्य घटना होइन प्रवृत्ति हो । कहीँ न कहीँ हाम्रा कानून, संयन्त्र र प्रक्रियामा खोट छ, कार्यान्वयनमा समस्या छ, त्यसलाई बदलौँ र प्रभावकारी कार्यान्वयन गरौं । नागरिकलाई भरोसा र विश्वास दिलाऔँ, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आत्मविश्वास दिलाऔँ,’ उनले भनेका छन् ।



    चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमाथि उपचारसंग जोडिएर कार्यस्थल वा वाहिर हुने आक्रमण गम्भीर समस्या भएको उनले बताए ।



    ‘यस्ता अप्रिय घटना नघट्ने अवस्था निर्माण गर्नको लागि हामी सबै काम गर्न तयार छौँ । सरोकारवालाहरूसंग छलफल गरौं, सांसदले गर्ने काम हामी गर्छौं, सरकारले गर्नुपर्ने काम सरकारले तदारुकताका साथ गरोस् । यो अवस्था फेर्नको लागि मिलेर काम गरौँ,’ उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

    यस्तो छ प्रेस विज्ञप्ति –

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार