काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि जानकारी नगराई अनुपस्थित रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल वि।सु गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राईछन् ।
त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढि समयदेखि सम्पर्कविहीन छ्न।
उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन आउन निर्देशन दिएको छ ।
खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम सूचना निकाल्दा समेत कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको छ ।
“बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरसहित सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला । अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०२ को देहाय (ख) (१) बमोजिम सेवाबाट इटाउने कारबाही हुनेछ,” सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना –