Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इराकमा विवाह समारोहमा आगलागी : बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

    इराकमा विवाह समारोहमा आगलागी : बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2K
    SHARES

    एजेन्सी । उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी बेहुला-बेहुलीसहित सय जनाको मृत्यु भएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार जलेर १५० जना घाइते भएका छन् । यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल(हमदानिया जिल्लामा मंगलबार साँझ भएको हो ।



    आगलागीको कारण अझै खुल्न नसकेको तर पटाका जलाएपछि आगलागी भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ ।



    इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्बिर सेयर गरेको छ जसमा अग्निनियन्त्रकहरू आगो निभाउने क्रममा देखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार