Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्सेमा १९ अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेका सबै सूचक घटेका छन् । कारोबार सुरु भएको केही समय स्थिर रहेर नेप्से निरन्तर घटेको हो।

परिसूचक नेप्से २००४ अंकमा झरेको छ । नेप्से परिसूचक १९.९८ अंकले घटेर २००२.९२ अंकमा आइपुगेको छ।

बजार ०.९८ प्रतिशतले ओरालो लाग्ने क्रममा कारोबारमा आएका २८२ स्क्रिप्टमध्ये १९३ वटाको मूल्य घटे। ३४ वटा स्क्रिप्टको मूल्यमा भने सुधार आएको छ।

बुधबारको बजारमा ७० लाख ६१ हजार कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार कित्ता सेयर किनबेच भए।

सबैभन्दा बढी कारोबार सन नेपाल लाइफको भयो। बुधबार कारोबारमा आएका सबै समूहगत उपसूचक घटे।

जलविद्युत् समूहमा सर्वाधिक १.५१ प्रतिशतको गिरावट आयो। यस्तै वित्त समूह १.४२ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077