Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत नायब उपरीक्षक (डीएसपी) वेद जोशीलाई सरुवा गरेको छ ।

कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

डीएसपी जोशीलाई त्यहाँबाट तानेर राजेन्द्र श्रेष्ठलाई पठाइएको छ । यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ ।

श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा खुलेआम स्वीकार गरेका थिए । मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबारदेखि तनाव भएको थियो ।

सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो । मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका प्रहरी निरीक्षक श्रेष्ठले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडलाई उक्साएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077