Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारले शिक्षा क्षेत्र नै नबुझि हतारमा विधेयक ल्यायो, सच्याउन लागि परेका छौँ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नु परेको बताए । उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताए ।

यस्तै चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077