Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यू–१९ साफ : घरेलु भूमिमा नेपाल पेनाल्टी सुटआउटमा भारतसँग हार्‍यो

काठमाडौं । साफ यु-१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बुधबार काठमाडौंको दशरथ रंगशालामा भएको भारतविरूद्धको सेमिफाइनलमा नेपाल पराजित भएको हो।

पहिलो हाफमा २६औं मिनेटमा भारतका साहिल खुर्शिदले गोल गरेका थिए । दोस्रो हाफमा ७४औं मिनेटमा नेपालका समिर तामाङले गोल फर्काएका थिए।

अतिरिक्त समयमा पनि बराबरीमा खेल सकिएपछि फाइनलमा जाने टोली निर्धारण गर्न पेनाल्टी शुटआउट गरिएको थियो । जसबाट भारतीय टोली फाइनलमा प्रवेश गरेको हो।

नेपालका आश्विन घोरासैनी, कुशल देउवाले गोल गरे । विक्रम तामाङको प्रहार आकाशियो।लक्षु थापाको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। प्रशान्त लक्सनको प्रहार भारतिय गोलरक्षक लियोनल डेरेलले बचाए ।

भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी, मांगिलेतम किपगेमले गोल गरे। रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरियो। दिनेश सिंहको प्रहार नेपालका गोलरक्षक जियारथ सिंहले बचाए।

खेलको निर्धारित समयम १–१ को बराबरी भएपछि खेल टाइब्रकेरमा धकेलिएको थियो। अब भारतले फाइनलमा पाकिस्तानसँग भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077