Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल एसबिआई बैंकमा डेढ करोड काण्ड !

    नेपाल एसबिआई बैंकमा डेढ करोड काण्ड !

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 5.1K
    SHARES

    काठमाडौं । एटिएम ठगी गर्ने गिरोहबाट बैंकले डेढ करोड रुपैयाँ गुमाएको छ । विदेशी नागरिकको एटिएम कार्डमार्फत ठगी हुँदा एसबिआई बैंक फसेको हो ।

    फ्रान्स लगायत देशका नागरिकको एटिएमको विवरण चोरी गरी नेपालमा एसबिआई बैंकको पिओएस मेसिनबाट पैसा निकालेर ठगी भएको छ । यस घटनामा बैंकले नेपाल प्रहरीको सिआइबीमा उजुरी गरेको छ । सिआइबीले ठमेलका एक व्यवसायीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।



    सिआइबी स्रोतका अनुसार एसबिआई बैैंकका ग्राहक रहेका किसन सिंह पक्राउ परेका छन् । सिंहले भने आफु निर्दाेष रहेको र आफ्नो पसलबाट कारोबार मात्र भएको दाबी गरेका छन् ।



    बैंकले सुरुमा उनलाई सो रकम तिर्न दबाब दिएको थियो तर पैसा नतिरेपछि उजुरी गरेको हो । सिआइबीले घटना गोप्य राखी अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार