Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले बागमती अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा एमालेको वाग्मती प्रदेशको नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । बिहानदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको छ ।

निर्वाचनमा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि पाँचसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिए ।

उपाध्यक्षका लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् । उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।

एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ। सफ्टवेयरमा उम्मेदवारको नामावली राख्न चारदेखि पाँच घन्टा लाग्ने बताइएको छ।

भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ। एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077