Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सामाजिक सञ्जालमा सामाजिक सद्भावविरुद्धका गतिविधि नराख्न आग्रह

खोटाङ जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भावविरुद्धका गतिविधि नराख्न जिल्लावासीलाईआग्रह गरेको  

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो

भेलामा सहभागीलेसामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्याउनेलगायत गतिविधिप्रति चिन्ताव्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए

भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता थियो

भेलाले जिल्लामा क्रियाशील पत्रकार सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउनेपनि निर्णय गरेको

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077