Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी केन्द्र सुदूरपश्चिमका उपाध्यक्ष बडुवालको निधन

कैलाली नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ। 

पार्टीद्वारा सञ्चालित महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो। गृहजिल्लाकैलाली फर्किएर सामान्य उपचार गराउँदा पनि निको नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै उनकोनिधन भएको हो

परिवारनिकट स्रोतका अनुसार बडुवाल निमोनियाबाट पीडित थिए समयमै उचित उपचार नपाउँदा निमोनियाबिग्रिएर उनको निधन भएको बताइएको बडुवालको स्वास्थ्य जटिल बन्दै गएपछि परिवारका सदस्यले उपचारका लागि कोहलपुरमेडिकल कलेज पुर्‍याएका थिए

जनयुद्धकालमा सुर्खेत जेल ब्रेक गरेका बडुवाल सुदूरपश्चिमका राम्रो जनसमर्थन भएका माओवादी नेतामध्ये मानिन्छन्। २०७१ सालमाभएको बस दुर्घटनामा बडुवालले आफ्नी श्रीमती जना छोरा गुमाएका थिए। २०७१ अरोज २० गते, डोटीको छतिवनमा भएको बसदुर्घटनामा २९ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077