Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले मधेश प्रदेशमा प्रथम अधिवेशन गर्ने

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशमा प्रथम अधिवेशन गर्ने भएको छ।

जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गरी एमालेले यही असोज २४ र २५ गते हुने प्रदेशको अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो।

एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ नारा राखिएको छ।

जनकपुरस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्र भवनमा हुने अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077