Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वदेश फर्किए प्रधानसेनापति शर्मा

    स्वदेश फर्किए प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् । भारतको दिल्लीमा भएको १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिएर बिहीबार नेपाल फर्किएका हुन् ।

    उक्त कन्फरेन्समा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता थियो ।



    नयाँ दिल्लीमा रहँदा प्रधान सेनापतिले अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गरेका थिए ।



    नेपाली सेनाका अनुसार भेटघाटमा मानवीय सुरक्षा लगायतका साझा चासोका विषयहरूमा अनुभवको आदानप्रदान गरिएको थियो । उनी गत असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार