Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रातभर होटेलमा सँगै मादक पदार्थ खाए, भनाभन हुँदा बिहान साथिको बीभत्स हत्या !

झापा । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ ।

रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो ।

शुक्रवार बिहान आफ्नै साथीहरूको समूहले लिम्बुको बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार केही ब्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077