Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • रातभर होटेलमा सँगै मादक पदार्थ खाए, भनाभन हुँदा बिहान साथिको बीभत्स हत्या !

    रातभर होटेलमा सँगै मादक पदार्थ खाए, भनाभन हुँदा बिहान साथिको बीभत्स हत्या !

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 6.1K
    SHARES

    फाइल तस्विर

    झापा । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ ।

    रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो ।



    शुक्रवार बिहान आफ्नै साथीहरूको समूहले लिम्बुको बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार केही ब्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

    मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार