Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुराना दलहरुलाई रविको अपिल : यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्, पछि एउटा सटर बन्द हुनेछ

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पुराना दलहरुलाई देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सबैलाई मिल्न अपिल गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताउँदै उनले यस्तो अपिल गरेका हुन् । उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने बताए ।

“जनताले तपाईंहरुलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । चार वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ । तपाईंहरु चार चार वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077