Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले बागमती अधिवेशनः च्यासलमा पोस्टर टाँस्न र नाराबाजी गर्न निषेध

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश अधिवेशन क्षेत्रमा पोस्टर टाँस्न र नाराबाजी गर्न निषेध गरेको छ ।

सहमतिमै नेतृत्व चयन गर्ने लामो प्रयास सफल नभएपछि मतदान हुन लागेको हो । मतदान हुने भएसँगै उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् ।

अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्ण दाहालले उमेदवारी दिएका छन् । उनीहरूले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् । यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम संसोधन भएकामा आज ८ बजेदेखि चुनाव हुने कार्यतालिका थियो।

तर उम्मेदवारको नामावली र क्लस्टर मिलाउन समय लागेकाले एमालेले पुनः निर्वाचन कार्यक्रम संसोधन गरेको हो। संसोधित निर्वाचन कार्यक्रम अन्तर्गत मतदान आज बिहान साढे ११ बजेदेखि हुने भनिएको छ।

भृकुटीमण्डपमा जारी अधिवेशनको ‍मतदान भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। च्यासलमा उम्मेदवारहरूले मत माग्ने, पोष्टर पम्पलेट टाँस्ने र नाराबाजी गर्न थालेपछि निर्वाचन समितिले त्यस्तो गतिविधिमा रोक लगाएको छ।

भोट माग्दा पक्ष विपक्षमा नाराबाजी नगर्न निर्वाचन कमिटीले अनुरोध गरेको छ । प्रचारका क्रममा पक्ष-विपक्षमा नाराबाजी नगर्न कमिटीले माइकिङ गरेको छ । पक्ष-विपक्षमा नाराबाजी गरे उम्मेदवारी खारेज गरिदिने कमिटीले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077