Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

वीरगन्ज बाल सुधारगृहबाट दुई जना फरार

पर्सा । वीरगन्ज बाल सुधारगृहबाट दुई जना किशोर फरार भएका छन् ।

वीरगन्ज महानगरपालिका- ४ वीर्तास्थित बाल सुधारगृहबाट आज बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त दुई जना किशोर फरार भएका हुन् ।

फरार हुनेमा सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव रहेका छन् ।

सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधारगृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको जनाएको छ ।

उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदाा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077