विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतमा यो पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तिम भ्रमण हुने टिप्पणी गरेका छन् ।
विराटनगर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताएका हुन् ।
१७ दिनसम्म संसद् रोकेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको अध्यक्ष ओलीको भनाई छ ।
माओवादी नेतृत्वको सरकार अपराधीको संरक्षणमा सक्रिय रहेको आरोप समेत अध्यक्ष ओलीले लगाए ।