Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चोरीका मोटरसाइकलसहित ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले चोरीका ३ वटा मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–५ घर भएका २४ वर्षीय अजय मोक्तान, सर्लाहीको हरिवन नगरपालिका–१० घर भएका ३१ वर्षीय ध्रुव प्रसाईं‌, सर्लाहीको बागमती नगरपालिका–३ घर भएका २७ वर्षीय सुदीप स्याङ्तान र सर्लाहीको मलंगवा नगरपालिका–१ घर भएका १९ वर्षीय सुमित कुमार यादव छन्।

उनीहरूबाट प्रहरीले ३ थान चोरीको मोटरसाइकल बरामद गरेको छ। बिहीबार ललितपुरको भट्टेडाँडास्थित कान्ति लोकपथ सडकखण्डबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

३ वटा मोटरसाइकलमा ४ जना सवार भई शंकास्पद अवस्थामा हिँड्दै गरेको अवस्थामा प्रहरीले जाँच गर्दा ती मोटरसाइकल चोरीका रहेको खुलेको हो।

बरामद मोटरसाइकलहरू प्रहरी वृत्त गौशालाको इलाकाबाट चोरी भएको पाइएकाले कारबाहीका लागि उनीहरूलाई गौशाला वृत्त पठाइएको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077